free website hit counter

भक्तपुर विभत्स हत्याकाण्ड : मोबाइल अफ गरेर घटघटी विष

beemaadmin
२०७७ आश्विन १, बिहीबार

काठमाडौं । मान्छेले आवेगमा अपराध गर्छ र फुर्सदमा पछुताउँछ भनिन्छ । यस्तै भयो भक्तपुर हत्याकाण्डमा पनि आवेगमा आमाछोराको हत्या गरेका सुदीप अधिकारीले झण्डै २४ घण्टासम्म पछुताए त्यतिबेला संसार सबै अध्यारो देखे, नदेखुन पनि कसरी त्यति ठूलो अपराध भइसकेको थियो र जीवन त्याग्नुको विकल्प नदेखेपछि दुवै मोबाइल फोन स्वीच अफ गरेर घटघटी विष पिए ।

मध्यपुर ठिमी नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत फेला परेका सुदीप अधिकारी दम्पत्ति र छोरा सुशान्तको शव परीक्षणको विस्तृत रिपोर्टले यस्तो वास्तविकता बाहिर ल्याएको हो । भदौ २६ मा साँझपख मृत फेला परेका श्रीमती, छोरा र सुदीपको मृत्यु २४ घण्टाको समय अन्तरमा भएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ ।

भक्तपुरस्थित काठमाडौं मेडिकल कलेजमा गरिएको शव परीक्षण रिपोर्ट अनुसार छोराको टाउकोमा ४ वटा चोट र सुशान्तको टाउकोमा तीन पटक दाउले हिर्काएको चोट देखिएको छ । सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट देखिएको छ । पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले सुदीपले २४ घण्टाअघि श्रीमती र छोराको हत्यापछि आफूले विष खाएर आत्महत्या गरेको निष्कर्ष निकालेका छन् । शव फेला परेको ४८ घण्टाअघि श्रीमती–छोरा र २४ घण्टाअघि सुदीपको मृत्यु भएको देखिएको छ, महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी दीपक थापाले भने, सुदीपले विष सेवन गरेको कुरा पोष्टमार्टमबाट पनि खुलेको हुनाले हत्यापछि आत्महत्या गरेको देखियो ।

सुदीप डिप्रेशनमा थिए । घरमा झै–झगडा गरिरहने कुरा छिमेकीले पनि प्रहरीलाई बताएका छन् । सुदीपले भदौ २४ मा राति श्रीमती र छोराको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यापछि उनले दुवैको मोबाइल बिहान ४ बजेर १३ मिनेटमा एकैपटक अफ गरिदिएका थिए । भोलिपल्ट उनले विष खाएर आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । विषको दुई वटा बट्टा छतबाट बाहिर फालेको अवस्थामा प्रहरीले बरामद गरेको छ । उनीहरुको भि–सेरा परीक्षणका लागि नेपाल प्रहरीको सामाखुसी स्थित विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार