काठमाडौं । भदौ महिनामा शनिबार र आइतबारसहित कुल ११ दिन सार्वजनिक बिदा परेको छ। यसमध्ये नियमित साप्ताहिक बिदाबाहेक तीन दिन चाडपर्वका अवसरमा सार्वजनिक बिदा परेको हो।
भदौ महिनामा जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तीजका अवसरमा सार्वजनिक बिदा दिइएको छ। भदौ १२ गते जनैपूर्णिमा, १९ गते श्रीकृष्ण जन्माष्टमी र २९ गते हरितालिका तीजको बिदा रहेको छ।
त्यस्तै, शनिबार र आइतबार क्रमशः भदौ ६, ७, १३, १४, २०, २१, २७ र २८ गते बिदा परेको छ।
यस महिनामा दुईपटक लगातार तीन दिन बिदा परेको छ। भदौ १२, १३ र १४ गते तथा भदौ १९, २० र २१ गते लगातार तीन दिन बिदा रहनेछ।