free website hit counter

भद्रगोलको विवाद सहमतिमा सक्किगो

beemaadmin
२०७६ कार्तिक ८, शुक्रबार

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित हाँस्य टेलिशृङ्खला भद्रगोल र नयाँ हास्य टेलिश्रृङ्खला ‘सक्किगो नि बीचको पात्रको विवाद सहमतिमा पुगेर टुङ्गियो ।
सक्किगो निमा कलाकार कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायत केही कलाकारले निर्वाह गरेको चरित्र आफ्नो शृङ्खला भद्रगोलको चरित्र भएको भन्दै मिडिया हवले दाबी गरेको थियो । त्यसपपछि विवाद प्रहरीसम्म पुगेको थियो ।
मिडिया हवका मालिक सोम धितालले सक्किगो नि नामको टेलिशृङ्खलामा भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सक्किगो नि को निर्माण संस्था जेपिटी क्रिएसनले भने कलाकारको चरित्र आफूले जुनै शृङ्खलामा प्रयोग गर्न पाउने कलाकारको अधिकार भएको दाबी गर्दै आएका थियो ।
एक अर्काको काममा हस्तक्षेप नगरी आ–आफ्नो तरिकाले शृङ्खला निर्माण गर्ने सहमति पछि विवाद टुङ्गिएको कलाकार कुमार कट्टेलले बताए । सहमतिअनुसार पात्रको विषयमा मिडिया हवले अब विवाद नझिक्ने भउको छ । विवाद मिलेपछि अव हाँस्य टेलिसिरियल भद्रगोल र सक्किगोनी दर्शकले पहिलेकै समयमा हेर्न पाउने भएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार