free website hit counter

भयाबह बन्दै राजधानी, एकैदिन थपिए ४१५ संक्रमित

beemaadmin
२०७७ भाद्र १२, शुक्रबार

काठमाडौं । परीक्षणको दायरा बढाएसँगै राजधानी काठमाडौंमा शुक्रबार उपत्यकामा ४१५ सहित देशभर ९२७ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ९२७ संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ३५० जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना गरी काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३६ हजार ४५६ पुगेको छ। हालसम्म २० हजार २४२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १६९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १९५ पुगेको छ। गत २४ घण्टामा १० हजार २२९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ। यस्तै ८ हजार ९३९ जना क्वारेन्टिनमा रहेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार