free website hit counter

भयावह बन्दै काेराेना : देशभर ३४३९ संक्रमित थपिँदा उपत्यकामा मात्रै २५४०

beemaadmin
२०७७ आश्विन २२, बिहीबार

काठमाडौं । कोरोना संक्रमणले राजधानीलाई नराम्रोसँग ग्रस्त बनाएको छ । बढ्दो चहलपहलसँगै संक्रमितको संख्या अहिलेसम्मकै धेरै भेटिएको हो ।

बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजा ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रुेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ३ हजार ४३९ संक्रमित थपिएको जानकारी दिए ।

उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमले बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार