free website hit counter

भाटभटेनीका कर्मचारीहरुको गरियो कोरोना बीमा

beemaadmin
२०७७ बैशाख १३, शनिबार

काठमाडौं । कोरोना भाइरसको आतंकबीच शुरु भएको कोभिड १९ बीमा लेख धमाधम बिक्री भइरहेको छ । कोरोना भाइरसको उपचार पत्ता नलागे पनि बीमा कम्पनीहरुले भने जोखिम बहन गर्ने हिम्मत गरेपछि यो बीमालेख बिक्री शुरु भएको हो । अजोड इन्स्योरेन्सले भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुको कोरोना भाइरस (कोभिड १९) बीमालेख जारी गरेको छ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना १२५७ जना कर्मचारीहरुका लागि एक लाख बिमाङ्कको बीमालेख खरिद गरेको हो । सो बीमालेखले कोरोना भाइरसको संक्रमण भएको भनि पीसीआर पोजिटिभ पुष्टि हुनासाथ बीमाङ्क रकम बराबरको एक लाख बिमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ । उक्त बीमालेखवापत भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सयका दरले ७ लाख ५४ हजार २ सय बीमा शुल्क भुक्तानी गरेको छ । साथै अजोड इन्स्योरेन्सले महुली लघुवित्त वित्तिय संस्था लि। का २१२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति एक लाख बिमाड्ढको कोराना बीमालेख जारी गरेको जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार