free website hit counter

भारतका ५० स्वास्थ्यकर्मी कोरोना संक्रमित

beemaadmin
२०७६ चैत्र २२, शनिबार

काठमाडौं  । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा डाक्टरसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र अन्य स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा रहेका छन् । भारतमा योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिलेसम्म दुई हजार पाँच सय ४७ पुगेको छ । भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ६२ जनाको ज्यान गएको छ ।

त्यसैगरी यसका सङ्क्रमितहरूमध्ये एक सय६२ जना निको भएर घर फर्किएका छन् । अरू सबैजना अस्पतालमा उपचाररत छन् । भारतीय अधिकारीहरूले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने अझै अवस्था गम्भीर हुने देखिएको उनीहरूको भनाइ छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँनयाँ सङ्क्रमितहरू थपिँदै गएकाले लकडाउनको अवस्थामा थप कडाइ गर्नुपर्ने धारणा राख्दै आएको छ । भारतलाई मार्च २४ देखि २१ दिनसम्म लकडाउन गरिएको छ । भाइरसको संक्रमणलाई फैलिन नदिन सामाजिक दूरी कायम राख्न पनि आग्रह गरिएको छ ।

एक अर्ब ३० करोड जनसंख्या भएको भारतको महाराष्ट्र, तमिलनाडु, केरला, नयाँदिल्ली, आन्ध्र प्रदेश, कर्नाटक, राजस्थान, तेलांगना, चन्डीगढ,  जम्मु र कस्मिर, लद्दाख, मिजोरम, आसाम र मणिपुरलगायतका राज्यमा कोरोना भाइरस सङ्क्रमण पाइएको र कतिपय राज्यमा व्यक्तिहरूको ज्यान गएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार