free website hit counter

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

beemaadmin
२०७९ माघ ३, मंगलवार

काठमाण्डौ । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ। नेपाल आयल निगमले आइतबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त गरेको हो। नयाँ मूल्यसूचीअनुसार डिजेलको मूल्य घटेको छ भने पेट्रोलको मूल्य बढेको निगमले जनाएको छ। आईओसीले डिजेलको मूल्य प्रतिलिटर ३.७० रुपैयाँ घटाएर पठाएको छ। पेट्रोलको मूल्य भने प्रतिलिटर २.५१ रुपैयाँ बढाएर पठाएको निगमले जनाएको छ। भारतबाट नयाँ मूल्यसूची आए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनका विषयमा निर्णय भने गरिसकेको छैन।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार