free website hit counter

भारतमा रहेका नेपालीको जीवन रक्षा गर्न सरकारसँग अपिल

beemaadmin
२०७८ बैशाख १६, बिहीबार

काठमाडौं । कोरोनाले आक्रान्त बनाएको छिमेकी मुलुक भारतमा लाखौंनेपाली रहेका छन् । नेपाली जनसम्पर्क समिति भारतले भारतमा रहेका नेपालीको जीवन रक्षाको माग गरेको छ । भारतमा कोरोना संक्रमण तिब्ररुपमा बढ्दै गएपछि कोभिड १९ बाट प्रभावित भारतमा रहेका नेपालीहरुको जीवन रक्षाका लागि समितिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । मन्चका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले एक पत्रमार्फत् भारतरमा रहेका नेपालीको जीवन रक्षाका लागि विशेष पहल गर्न माग गरेका हुन् ।

भारत सरकारसँग भएको स्रोत साधन प्रयोग गर्दा पनि कोरोना महामारी नियन्त्रण बाहिर गैरहेको छ ।हस्पिटलहरुमा अक्सिजन, बेड नपाएर विरामीहरु गल्ली र सडक किनारमा बस्न भारतीय तथा त्यहाँ रहेका नेपालीहरु वाध्य छन्, पत्रमा भनिएको छ, हाम्रो त्यहाँ रहेका नेपालीको जीवन रक्षा गर्नु कर्तव्य नै हो । उनीहरुको जीवन रक्षाको लागि विशेष व्यवस्थाको पहल नेपाल सकारकारले गरोस् । हामी पनि नेपालीहरुको जीवन रक्षा र नेपालमा हुन सक्ने महामारीलाई समयमै व्यवस्था मिलाउन सरकारसँग सहकार्य गर्ने तयार छौं । समयमै भारतबाट आउने नेपाली नगरिकको पिसीआर परीक्षण र सरकारकै मापदण्ड अनुसार नेपाल आउने व्यवस्था मिलाइयोस् । अध्यक्ष पाण्डेले समयमै हामी व्यवस्थापन नगरे नेपालमा महामारी हुनसक्ने कुरामा ध्यानाकर्षण गराउँदै गतवर्षको अवस्था यसपटक अझ भयभित अवस्था देखिएको उनले बताएका छन् ।

अध्यक्ष पाण्डेका अनुसार भारतको विशेष गरी दिल्लीमा धेरै नेपालीहरु स्वास्थ्यको कारण धेरै पीडित रहेको र पछिल्लो २ हप्तामा मात्रै ३० जनाको मृत्यू भएको छ । अक्सिजन पाएका छैनन् । हस्पिटलमा भर्ना पाएका छैनन् । अतिनै बिजोग हलत छ । बस व्यवसायीले जथाभावी भाडा असुल गर्ने जस्ता विकृति पनि देखिएको छ ।

 

सम्बन्धित समाचार