free website hit counter

भारतमा संक्रमितको संख्या ११ हजार कट्यो

beemaadmin
२०७७ बैशाख ३, बुधबार

एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार पार भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशभरी कोरोना संक्रमतिको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको आँकडा अनुसार अहिलेसम्म ३ सय ७७ को मृत्यु भएको छ । राज्यको कुरा गर्ने हो भने महाराष्ट्रमा २६ सय ८७ संक्रमित भेटिएका छन् । यो सबैभन्दा धेरै हो । यहाँ १ सय ७८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा १५ सय ६१ संक्रमित पाइएका छन् जसमध्ये ३० जना भाइरसका कारण ज्यान गइसकेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार