free website hit counter

भारतमा हालसम्म एक डाक्टरसहित २६ जनाको ज्यान गयो

beemaadmin
२०७६ चैत्र १६, आईतवार

एजेन्सी । कोरोना विरुद्ध कडा रुपमा प्रस्तुत भएको छिमेकी राष्ट्र भारतमा अहिलेसम्म २६ जनाले ज्यान गुमाएका छन् । एकैदिन केरला, गुजरात, महराष्ट्र र तेलंगानामा ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या २६ पुगेको हो । त्यस्तै संक्रमति हुनेहरुको संख्या ९०० पुगेको बताइएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा बढी मुम्बईमा ६ जनाको मृत्यु भएको जनाइएको छ । ६ जनामध्ये एक जना चिकित्सकको समेत मृत्यु भएको छ । ८५ वर्षीय शल्यचिकित्सकको मृत्यु भएपछि अस्पतालनै शिल गरिएको जनाइएको छ । शनिबार गुजरात ४६ वर्षीय महिलाको मृत्यु भएको छ । त्यस्तै शनिबार तेलंगानामा संक्रमणबाट पहिलो मृत्यु भएको छ भने गुजरातमा मर्नेको संख्या ४ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार