free website hit counter

भारतीय बजेटका प्रभाव नेपालमा कति ?

beemaadmin
२०८२ माघ १९, सोमबार

काठमाडौँ । छिमेकीको हरेक प्रभाव पर्ने नै गर्छ । भारतमा हुने सबै गतिविधिको प्रत्यक्ष असर हामीलाई पर्छ । भारत सरकारले आर्थिक वर्ष २०२६र२७ का लागि ५३५ खर्ब भारतीय रुपैयाँको विशाल बजेट सार्वजनिक गरेसँगै त्यसको प्रभाव नेपालसम्म पर्ने देखिएको छ । आइतबार संसद्मा बजेट प्रस्तुत गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले प्रविधि, हरित ऊर्जा, उद्योग र उपभोक्तालाई राहत दिने विभिन्न घोषणाहरू गरेकी छन् । यी प्रावधानले भारतबाट आयात हुने धेरै सामान नेपाली बजारमा सस्तो हुने अपेक्षा गरिएको छ । बजेटमार्फत मोबाइल फोन, ल्यापटप, विद्युतीय सवारी र तिनमा प्रयोग हुने ब्याट्री तथा पार्टपुर्जामा लाग्ने भन्सार शुल्क घटाउने निर्णय गरिएको छ । विशेषगरी लिथियम आयन ब्याट्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र मेसिनरीमा आयात शुल्क घटाइएकाले भारतमा उत्पादन लागत कम हुने र त्यसको प्रत्यक्ष असर मूल्यमा पर्ने अनुमान गरिएको छ । नेपालमा आयात हुने अधिकांश मोबाइल फोन, ट्याब्लेट र ईभीहरू भारतमै उत्पादन हुने भएकाले नेपाली उपभोक्ताले पनि यसको लाभ पाउने व्यवसायीहरू बताउँछन् । ब्याट्रीको भन्सार शुल्क घटेसँगै इलेक्ट्रोनिक्स र ईभी उद्योगलाई ठूलो राहत मिल्नेछ । ईभीको कुल लागतमा ब्याट्रीको हिस्सा ठूलो हुने भएकाले शुल्क कटौतीले विद्युतीय स्कुटर, मोटरसाइकल र कारको मूल्य घट्न सक्ने देखिएको छ । यसले नेपालमा पनि ईभी प्रयोगलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । त्यस्तै, बजेटले बायोग्यास र सीएनजी मिश्रणमा लाग्ने अन्तःशुल्कमा भारी कटौतीको घोषणा गरेको छ । यसले भारतमा सीएनजीबाट चल्ने सार्वजनिक यातायात, ट्याक्सी तथा निजी सवारीको सञ्चालन खर्च घटाउनेछ । ढुवानी लागत घट्दा भारतबाट नेपाल आउने उपभोग्य सामग्रीको मूल्यमा समेत सकारात्मक असर पर्न सक्ने अनुमान गरिएको छ । हरित ऊर्जालाई प्राथमिकता दिँदै सौर्य ऊर्जा, ग्रीन हाइड्रोजन र बायोग्यास उत्पादनमा ठूलो लगानी गर्ने भारत सरकारको घोषणाले ऊर्जा क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ । यसले इन्धन आयातमा निर्भरता कम गर्नुका साथै वायु प्रदूषण नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार