free website hit counter

भारतीय सेनामा नेपालीलाई रोक लगायो

beemaadmin
२०७८ असार ८, मंगलवार

एजेन्सी । सुविधाका हिसावले सुरक्षित मानिएको भारतीय र बेलायती सेनामा युवाको आकर्षण बढिरहेका बेला भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपालीलाई रोक लगाउने र भारतीय गोर्खालीहरुलाई प्राथमिकता दिने नीति अन्तर्गत महिला मिलिट्री पुलिसमा नेपालीलाई भर्ना हुन रोक लगाएको छ । गएको मे महिनाको २८ तारिखमा भारतीय सेनाले १०० जना महिला मिलिट्री पुलिस भर्ना गर्नेगरी सूचना निकालेको थियो । सूचनामा नेपाली र भारतीय गोर्खालीहरु सहभागी हुन पाउने भनिएको थियो । तर, भारतीय सेनाले यसमा भर्ती हुन नेपालीलाई रोक लगाएको इन्टरनेशनल बिजनेस टाइम्सले जनाएको छ । गएको महिनाको अन्तिममा भारतीय सेनाले महिला सैनिकलाई जनरल ड्युटीको अनुमति दिइएको आफ्नो एकमात्र शाखाका लागि १०० महिला मिलिट्री पुलिस भर्ती गर्ने सूचना निकालेको थियो जसमा नेपाली र भारतीय गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो । तर, इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार भारतीय सेनाले त्यसपछि एक संशोधन जारी गरेको छ जसमा भारतीय गोर्खालीहरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिएको छ ।
भारतीय सेनाले भारतीय गोर्खालीलाई मात्रै प्राथमिकता दिने गरी संशोधन जारी गर्नु आश्चर्यको विषय भने होइन । गत वर्ष मात्रै भारतीय सेनाले उत्तराखण्डका गैर गोर्खा समुदायका युवालाई गोर्खा रेजिमेन्टमा भर्ती गर्न अनुमति दिएको थियो । त्यतिबेलासम्म गोर्खा रेजिमेन्टमा नेपाली गोर्खालीहरु र भारतीय गोर्खाली समुदायका युवाहरु मात्रै भर्ती गरिन्थ्यो । हरेक गोर्खा रेजिमेन्टमा नेपाली र भारतीय गोर्खालीको अनुपात ६०–४० हुन्थ्यो । यद्यपि केही वर्षअघि सबै भारतीय गोर्खाली मात्रै भएको एउटा गोर्खा रेजिमेन्ट पनि स्थापना गरिएको थियो । भारत स्वतन्त्र भएयता भारतका हरेक युद्धमा गोर्खालीहरु सहभागी भएका छन् । भारतीयहरु गोर्खालीहरुको बहादुरीबाट निकै प्रभावित रहने गरेका छन् । भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालीहरुको भर्ती नेपाल, भारत र बेलायतबीचको त्रिदेशीय सम्झौतामा आधारित छ र यो सम्झौता तीन देशबीच १९४७ मा भएको थियो । सम्झौताअनुसार भारतसँग गोर्खा रेजिमेन्टका १, ३, ४, ५, ८ र ९ गोर्खा राइफल्स छन् । २, ६, ७ र १० गोर्खा राइफल्स रेजिमेन्ट बेलायती सेनामा छन् । भारतले पछि ११ गोर्खा राइफल्स आफैं स्थापना गरेको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार