free website hit counter

भारत फेरि अर्का कोरोना संक्रमितको मृत्यु

beemaadmin
२०७६ चैत्र १, शनिबार

काठमाडौं । चीनबाट शुरु भएको कोराना भाइरसको संक्रमण विश्वव्यापी भइसकेको छ । तर चीनमा जति क्षति पुर्याएको छ त्यसको दाँजोमा छिमेकी मुलुकहरुमा त्यसको प्रभाव देखिएको थिएन । तर अहिले भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै दुई जना व्यक्तिको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
ती मृतक महिलाको छोरो पनि कोरोनो भाइरसबाट संक्रमित रहेको समाचारमा उल्लेख छ । ती महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्सनको बिरामी थिइन् । कोरोना भाइरसबाट भारतमा पहिलो मृत्यु कर्नाटकको कलबुर्गी भन्ने स्थानमा भएको थियो । उनी ७६ वर्षीय वृद्ध थिए र केही दिन अगाडि साउदी अरबबाट भारत फर्किएका थिए । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमितहरुमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन् । संक्रमित दुई जना व्यक्ति भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार