free website hit counter

भारत र चीनबाट चिकित्सक बोलाउनु पर्ने अवस्था छैन : मन्त्रिपरिषद

beemaadmin
२०७६ चैत्र १०, सोमबार

काठमाडौ । कोरोना भाइरस भित्रिनै नदिन सरकारले थुप्रै प्रयासहरु गरिरहेको छ । सरकारले संक्रमण उपचार तथा नियन्त्रणमा खटिने चिकित्सकहरुलाई सत प्रतिशत प्रोत्साहन भत्ता उपलव्ध गराउने भएको छ । आइतबार बसकेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकको मनोवल उच्च बनाउन यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले चिकित्सकहरुलाई चाहिने आवश्यक पीपीएका लागि समेत सरकारले व्यवस्था गर्नेगरी आवश्यक निर्णय गरेको छ ।
त्यस्तै बैदेशिक सहायता परिचालन गर्ने र कोरोेना रोकथामका लागि सरकारले केन्द्रीय कोष खडा गर्ने नर्णय गरेको छ । जसमा सरकारले ५० करोड रकम जम्मा गरेको छ । त्यसमा मनित्रपरिषदका सदस्यहरुले एक महिनाको तलव सुविधा थप्नेछन् । त्यसैगरीमन्त्रिपरिषद बैठकले भारत र चीनसँग जोडिएका सब सिमा नाकाबाट यात्रु आवागन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री खतिवडाका अनुसार चैत १० गते १० बजेदेखि सिमाबाट यात्रु आवागमन रोक्ने निर्णय भएको हो । जुन चैत १६ सम्म लागु हुनेछ । त्यस्तै सरकारले कोरोना उपचारका लागि थप एक अस्पताल तोकेको छ ।
यसअघि टेकु, बीर, वीपी, धुलिखेल तोकिएकोमा अव चन्द्रागिरीस्थित सशस्त्र प्रहरीको अस्पताललाई पनि कोरोना उपचारका लागि तोककिएको हो । सरकारका प्रवक्ता समेत रहेका खतिवडाले भारत र चीनबाट कोरोना उपचारका लागि चिकित्सक बोलाउनुपर्ने अवस्था नरहेको पनि जानकारी दिएका छन् । उनले ल्याव र परीक्षण गर्ने किट ल्याउने बारेमा छिमेकी मुलुक भारतसँग कुराकानी भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार