free website hit counter

भारी मात्रामा बढेर आए पनि पेट्रोल र डिजेलको मूल्य यथावत्

beemaadmin
२०८२ चैत्र १८, बुधबार

काठमाडौं । नेपाल आयल निगमले भारी मात्रामा बढेर आएको भए पनि पेट्रोल र डिजेलको मूल्य हाललाई यथावत् राखेको छ । नेपाल आयल निगमको ३१ मार्चमा बसेको सञ्चालक समितिको बैठकले हाललाई मूल्य नबढाउने निर्णय गरेको हो । निगमका अनुसार भारतबाट आएको नयाँ मूल्यअनुसार पेट्रोलमा ४१ रुपियाँ र डिजेलमा ९४ रुपियाँ बढेर आएको थियो । उता हवाई इन्धनको मूल्य भने झन्डै दोब्बरले बढेको छ । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको छ । मंगलबार सार्वजनिक निगमको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकामा नयाँ समायोजनअनुसार एक हजार ७८५ डलर पुगेको छ ।

सम्बन्धित समाचार