free website hit counter

भीमसेनस्थानमा सिभिल बैंकको शाखा

beemaadmin
२०७६ माघ २५, शनिबार

काठमाडौं । सिभिल बैंकले काठमाडौं नगरपालिकाको भीमसेनस्थानमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक समारोहबीच उद्घाटन गरेका छन् । समारोहमा शिवाकोटीले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुर्याएमा देश आफै समृद्ध हुने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिङ्ग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नका लागि व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी दत्तचित्त भएर काम गर्ने बताए ।
सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङले सिभिल बैंक समाजसँग निकट भएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचय पाटी देखि लिएर उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार