free website hit counter

भीरबाट लडाएर घाइते भएकी भागिरथीको बलात्कारपछि हत्या गरेको अभियुक्तको स्वीकार

beemaadmin
२०७७ फाल्गुन ५, बुधबार

कैलाली । विद्यालयबाट घर फर्कँदै गरेकी बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्याको १३ दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गर्न सफल भएको छ । कञ्चनपुरकी निर्मला पन्तकै जस्तो हालत भागिरथीको पनि हुने त होइन भन्ने अवस्थामा घटना पुगेको बेला प्रहरीले अपराधी पत्ता लगाउन सफलता हात पारेको हो ।
प्रहरीले भागरथीको हत्यामा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवक रहेको र उनले वलात्कार र हत्या गरेको स्वीकारेको प्रहरी भनाई छ । २१ माघमा बलात्कार र हत्या भए पनि त्यसको भोलि साँझ ५ बजे मात्रै लवलेक जङ्गलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र भागरथीको शव फेला पारेको थियो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।
बलात्कार पछि घाँटी थिचेर हत्या गरेको प्रहरी अधिकारी बताउँछन् । भागरथीको बलात्कार पछि घाँटी थिचेर हत्या गरेको पोस्टमार्टम रिपोर्टले समेत पुष्टि गरिसकेको छ । सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले पक्राउ परेका आरोपीले घटना स्वीकार गरिसकेको बताए । आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्वीकारेका छन् । घटना भएको पहिलो दिन देखिनै शङ्काको घेरामा रहेका युवकबाटै उनको हत्या भएको प्रहरी अधिकारीहरू बताउँछन् । ती युवक हाम्रो उच्च निगरानीमा थिए तर, पर्याप्त प्रमाण थिएन, अनुसन्धानमा खटिएका एक अधिकारीले भने, हामीले प्रमाण जम्मा गरेर उनलाई नियन्त्रण लिएका हौँ । प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेको आरोपीले बदला लिन यो घटना गराएको प्रहरीलाई बताएका छन् । बाबुको पालाको बदला लिन भागरथीका बलात्कार गरेको बयान आरोपीले दिएका छन्, अनुसन्धानमा आबद्ध एक अधिकृतले भने, छिमेकी दुई परिवार बिचमा पुरानो रिसइबी देखिन्छ । अन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।
भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणका क्रममा अनुसन्धानमा भएको लापरबाहीले अझै दोषी पक्राउ पर्न सकेका छैनन् । निर्मला प्रकरणमा आलोचित बनेको प्रहरीले भागरथी हत्या प्रकरणमा राहत मिलेको छ ।
१० दिन देखि प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुबेदी आफै घटना स्थलमा खटिएर अनुसन्धान गरिरहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट समेत डीएसपीको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार