free website hit counter

भुवनमाथि अर्को गम्भीर आरोप

beemaadmin
२०७७ असार २२, सोमबार

काठमाडौं । नायक भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको दोहोरी उत्कर्षमा पुगेको बेला शाहले अभिनेता केसीले आफूमाथि ‘घिनलाग्दो व्यवहार‘ गरेको आरोप लगाइन् । ‘पर्भट’ भन्दै आरोप लगाएपछि भुवन विवादमा तानिएका छन् । साम्राज्ञीले ५ वर्षअघि फिल्म ‘ड्रिम्स’ मा काम गर्ने क्रममा भुवनले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाइन् । उनले एक भिडियो शेयर गर्दै शुरुका ३ वटा फिल्ममा अभिनय गर्दा ‘नराम्रो व्यवहार’ भोगेको बताएकी थिइन् । उनको आरोपपछि भुवनले सामाजिक सञ्जाल फेसबूकमार्फत ‘जुन थालमा खायो, त्यही थालमा दुला पारेको’ भन्दै अभिव्यक्ति दिएका थिए । भुवनको उक्त अभिव्यक्तिपछि साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गर्दै भुवनबाट ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताएकी थिइन् । उनले भुवनलाई ‘पर्भट’ भएको बताएकी थिइन् । साम्राज्ञीले भुवनमाथि जापानमा आयोजना गरिएको अवार्ड समारोहका बेला नजिक टाँसिन आएर ‘तँ त मेरो प्रडक्ट होस्’ भन्दै दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनको यो आरोपपछि भुवनले नेपाल चलचित्र कलाकार संघमा छानबिनका लागि भन्दै निवेदन दिएका छन् । उनले साम्राज्ञीलाई साइबर क्राइममा उजुरी हाल्ने चेतावनी समेत दिएका छन् । यता साम्राज्ञीको मुद्दा सेलाउन नपाउँदै भुवनले एक युवतीलाई ‘राम्री’ भन्दै च्याट गरेको भिडियो सार्वजनिक भएको छ । क्यानडामा बस्दै आएकी स्वेता रेग्मीले भुवनको व्यवहारमा प्रश्न उठाउँदै उनीसँगको च्याटको स्किृनशट शेयर गरेकी छिन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार