free website hit counter

भूसको आगोझैं फैलियो कोरोनाको ग्रफ, नछाड्ने भो राजधानी

beemaadmin
२०७७ चैत्र ३१, मंगलवार

काठमाडौं । नपत्याउँदो तरिकाले कोरोनाको ग्राफ भुसको आगोझैं फैलिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ सय रहेको छ । पछिल्लो २४ घण्टामा १५३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म ८५ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २३ लाख २१ हजार ६७० जनाको पीसीआर परीक्षण गरिएको छ ।

कोरोनाले नछाड्ने भो राजधानी
विश्वव्यापी आतंक बनाएको कोरोनाले नेपालका कुनै पनि क्षेत्रलाई छाडेको छैन । तर मुलुकको संघीय राजधानी काठमाडौंलाई भने कोरोनाले फेरि आतंकित बनाउने संकेत देखिन थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर भने ५०० बढी कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । यस्तै हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार