free website hit counter

भेज पकौडा

beemaadmin
२०७७ श्रावण ६, मंगलवार

लगातारको वर्षाले घरबाहिर निस्कने वातावरण नभएको समय । साउन महिना माछा मासु नखानेका लागि आज तातो भेज पकौडाको रेसिपी हामीले यहाँ प्रस्तुत गरेका छौं ।

आवश्यक सामान

ज्वानो एक चम्चा
गाजर दुई पिस
आलु दुई पिस
सिमी १०० ग्राम
काउली १०० ग्राम
बन्दा १०० ग्राम
प्याज दुई पिस
हरियो खुर्सानी चप दुई चम्चा
धनियाँ चप एक चम्चा
हरियो केराउ १०० ग्राम
लसुन, अदुवा पिसेको दुई चम्चा
नुन–मसला स्वादअनुसार
खाने सोडा एक चिम्टी
बेसन एक कप
मैदा आधा कप

पकौडा बनाउने विधि

सबै तरकारीलाई हल्का लामो–लामो गरेर मसिनो बनाएर काट्ने । सफा भाँडोमा काटेर सबै भेजिटेबल बेसन, मैदा, अदुवा, लसुन, नुन, ज्वानो, खाने सोडा र सबै मसला पानी हालेर मुछ्ने । कराहीमा तेल तातेपछि पकौडाको सानो– सानो गोलो बनाएर तेलमा फ्राई गर्ने । अब फ्राई गरिसकेपछि चट्नी सस र चार्ट मसला मिलाएर सर्भिस गर्ने वा खाने ।

सम्बन्धित समाचार