free website hit counter

भेप काण्डमा महरालाई मुद्दा चलाउन सिफारिस

beemaadmin
२०८० चैत्र २, शुक्रबार

काठमाडौं । सुन तस्करीको छानविन समितिको प्रतिवेदन सरकारले प्राप्त गरेपछि त्यो काण्डमा जोडिएका ठूलाठालूको सातो गएको छ । पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले भेपमा सुन तस्करी गरेको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीको छानबिन गर्न गठित आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा भेपमा भएको सुन तस्करी प्रकरणमा कृष्ण महराको संलग्नता भएको भन्दै कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।

सम्बन्धित समाचार