free website hit counter

भैरहवामा खुल्यो भाटभटेनी सुपरमार्केट

beemaadmin
२०७६ मंसिर २६, बिहीबार

बुटवल। देशभर शाखा सञ्जाल विस्तार गर्दै अघि बढेको भाटभटेनी सुपरमार्केटले १७ औं स्टोर रुपन्देहीको भैरहवामा सञ्चालनमा आएको छ । सुपरमार्केट बिहीबार एक समारोहका बीच उद्घाटन गरिएको छ । भैरहवास्थित सिद्धार्थनगर–७, नयाँ सडकमा निर्मित अत्याधुनिक भवनबाट भाटभटेनीको सेवा सञ्चालनमा आएको हो । नयाँ स्टोरको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङ्गले उद्घाटन गरेका हुन् ।
नेपाल भारतको सीमामा पर्ने भैरहवामा स्टोर सञ्चालनमा ल्याउन सफल भएको बताउँदै स्थानीयबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए। स्टोरले शुभारम्भको अवसरमा सबै सामानमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ। नेपालमै यूरोपियन स्तरको शपिङ्ग सेन्टरको अभ्यास गर्दै आएको स्टोरले भैरहवामा भारतीय बजारमा भन्दा शुलभ दरमा सामग्री उपलब्ध गराउने बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार