काठमाडौँ । सोल्टी होटल लिमिटेडले पुस २४ गते नेपाल प्रज्ञा भवन कमलादीमा ४५ औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत कूल ११.३१५ प्रतिशत नगद लाभांश समेत गरि २६.३१ प्रतिशत लाभांस अनुमोदन गर्ने प्रस्ताव लगिने जनाइएको छ । सोल्टीका लाभासंमा मङ्सिर २४ गतेसम्म कायम सेयर धनीले दावी गर्न सक्नेछन् ।
सोल्टीको चुक्ता पुँजी ७३ करोड २६ लाख ७५ हजार रहेको वर्तमान अवस्थामा १५ प्रतिशत बोनस शेयर वितरण पश्चात चुक्ता पुँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्ंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ । मुलुककै पुरानो र ख्यातीप्राप्त होटल सोल्टीले विगतमा होटल प्राङगणमा नै साधारण सभाको आयोजना गर्दै आएको सन्दर्भमा त्यसमा केही अवस्थाको कारणले हाल बाहिर साधारण सभा बोलाएकोमा भने धेरै लगानीकर्ताको गुनासो रहने गरेको पाइएको छ ।