free website hit counter

मण्डपबाटै समातिए बेहुला

beemaadmin
२०७७ असार २६, शुक्रबार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँमा प्राप्त ‘गोप्य सूचना’का आधारमा दमौलीबाट खटिएको प्रहरी टोलीले तनहुँको सदरमुकाम समेत रहेको ब्यास ११ दमौलीमा विवाह चलिरहेको ठाउँमा पुगेर बेहुलासहित पाँच जनालाई पक्राउ गरेको छ । गोरखाको शहिद लखन थापा गाउँपालिका ११ का २३ वर्षीय सन्तोष अर्याल बेहुला बनेर मण्डपमा बसिरहेका थिए। अर्याल गोरखाबाट विवाह गर्नका लागि बुबासहित केही जन्ति लिएर गएका थिए। मण्डपमा १४ वर्षीया किशोरी बेहुली थिइन्। मण्डपमा बेहुलाले बालिकाको सिउँदोमा सिन्दुर समेत हालिसकेका थिए। यही अवस्थामा प्रहरीले बेहुला अर्याल सहित ५ जनालाई पक्राउ गरेको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए। पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुबा, बालिकाका बुबा–आमा र पूजारी छन्। जिल्ला अदालतबाट बिहीबार म्याद थपेर अनुसन्धान अघि बढाएको डिएसपी तिमिल्सिनाले बताए। प्रारम्भिक अनुसन्धानमा उनीहरुले सहमतिमै विवाह गर्न लागेको बताएका छन्। बालविवाह जघन्य अपराध भएकाले सोही अनुसार कारबाही अघि बढ्ने प्रहरीले बताएको छ। अनुसन्धान पश्चात मुलुकी अपराध संहिता २०७४ को विवाह सम्बन्धी कसुरको दफा १७३ अनुसार मुद्दा चलाउने तयारी गरेको डिएसपी तिमिल्सनाले बताए। मुलुकी अपराध संहिताको दफा १७३ मा बालविवाह स्वतः रद्द हुने र यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार