free website hit counter

मदिराको सुरमा गर्लफ्रेन्डको विषयमा अपशब्द बोल्दा हत्या

beemaadmin
२०७७ कार्तिक ९, आईतवार

काठमाडौं । भक्तपुरमा एक युवकको हत्या गरेको अभियोगमा दुई जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर नगरपालिका इँटापाको भन्ने ठाउँमा ३५ वर्षीय भारतीय नागरिक शाहिद हुसेनको हत्या भएको थियो। भारतको उत्तर प्रदेश घर भइ लामो समयदेखि भक्तपुरमा बस्दै आएका हुसेनको शनिवार राति हत्या भएको हो।

प्रहरीले हत्याको अभियोगमा उत्तर प्रदेश घर भएका सलमान खान र सानु अन्सारीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ। समातिएका दुवै जना हुसेनका साथी हुन्। उनीहरु सँगै काम गर्ने गरेको खुलेको छ। शनिवार राति मदिरा खाएर विवाद हुँदा हत्या गरेको बताएका छन्, महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले भनिन्।

Advertisement
Advertisement

हुसेनको अनुहारमा इँटा तथा ढुङ्गा प्रहार गरेर हत्या गरेको देखिको छ। सलमान खानकी प्रेमिकालाई हुसेनले राति मदिरा खाएपछि अपशब्द प्रयोग गरेको विषयलाई लिएर झगडा गएको खुलेको छ। त्यही क्रममा सानु र सलमानले मिलेर उनको हत्या गरेको खुलेको हो। सलमानको प्रेमिकालाई शाहिदले अपशब्द प्रयोग गरेपछि विवाद चर्किएको देखिन्छ। त्यही क्रममा सानुले कुटपिट गरेर ढुङ्गाले हानेको खुलेको छ, एसपी थापाले भनिन्। हुसेन पित्तलका करुवा लगायत भाँडाको सामानको कारोवार गर्दै आएका थिए।

Advertisement
Advertisement

सम्बन्धित समाचार