free website hit counter

मधु मरासनीलाई अर्थ सचिवको जिम्मा

beemaadmin
२०८१ बैशाख १०, सोमबार

काठमाडौं । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा बिशेष अदालतले सफाइ दिएपछि मधु मरासिनी अर्थ सचिवको जिम्मेवारीमा पुगेका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो । हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते मरासिनी बिरूद्ध मुद्दा दायर गरेको थियो । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । भ्रष्टाचार मुद्दा दायर हुँदा मरासिनी उद्योग मन्त्रालयमा सचिव थिए ।

सम्बन्धित समाचार