free website hit counter

मध्यपूर्व हल्लाउने टर्की काण्ड

beemaadmin
२०७८ बैशाख २५, शनिबार

एजेन्सी। मुस्लिम राष्ट्रमा हुने साना तिना काण्ठले पनि ठूलै उपद्रो मच्चाउने मात्रै होइन मानिसको ज्यानै समेत जान सक्छ । रमजानको पवित्र महिनामा मुस्लिम बाहुल्य मध्यपूर्वमा युक्रेनका मोडलहरुको हर्कतले अहिले ठूलो विवादको सृजना गरेको छ । केही समयअघि दुबइको एक अपार्टमेन्टमा झण्डै ४० मोडलहरुले नग्न फोटोसुट गरेपछि यसले ठूलो विवाद सृजना गरेको थियो । ती मोडलहरुमध्ये ठूलो संख्यामा युक्रेनका मोडलहरु थिए । अहिले फेरि यस्तै घटना टर्कीमा भएको छ र संयोगले यो घटनामा पनि युक्रेनकै मोडलहरु पाइएका छन् । टर्कीमा एक डुंगामा चढेर समुद्रमा गएर ६ जना मोडलहरुले आफूहरुको नग्न फोटोसुट गरेको पाइएको छ । स्थानीय रिपोर्टका अनुसार रमजानको पवित्र महिनामा यी तस्वीरहरु सार्वजनिक भएपछि जनता आक्रोशित छन् । टर्कीको अखबार लिडेरलाई उद्धृत गर्दै द सनले जनाएअनुसार टर्कीमा अहिले कोरोनाभाइरसका कारण पूर्ण लकडाउन छ तर लकडाउन हुँदाहुँदै पनि यी मोडलहरु भने एक विलासी डुंगामा चढेर गोचेक बे नामको ठाउँमा जाँदै थिए ताकि उनीहरुले एक अर्काको नग्न फोटो खिच्न सकुन् र दुबइको विवादलाई कपी गर्न सकुन् ।
टर्कीमा पूर्ण लकडाउन भए पनि आफूहरु कोरोना मुक्त भएको प्रमाणपत्र पेश गर्न सके यहाँ विदेशी पर्यटक जान पाउँछन् । यो मामिलामा एक मोडलले बताएअनुसार दुबइको विवादपछि त्यहाँ गएमा मोडलहरु निकै चर्चामा आएका थिए । त्यसैले यी मोडलहरु पनि त्यसैगरी चर्चामा आउन चाहन्थे त्यसैले उनीहरु टर्कीमा विवादित फोटोसुटका लागि गएका थिए । यो जानकारी दिने मोडल दुबइको फोटोसुटमा सहभागी थिइन् । उनलाई टर्कीको यो विवादित फोटोसुटमा पनि सहभागी हुन अफर गरिएको थियो तर उनले अस्वीकार गरेकी थिइन् । स्थानीय मिडियाले एउटा भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा एक विलासी डुंगामा ६ मोडलसँग २ युवकलाई देख्न सकिन्छ । रिपोर्टका अनुसार डुंगामा भएका २ मोडल टपलेस थिए । एक मोडल पूर्ण नग्न थिइन् । रिपोर्टका अनुसार यीमध्ये एक मोडलको नाम रुसलाना कोभकोभा हो । २१ वर्षकी यी मोडलको नाम खुलासा भएपछि उनीहरुले तस्वीरहरु डिलिट गरेका छन् । यसका अलावा डुंगामा युक्रेनकी मोडल भेरोनिका कुर्गन, डायना पोगरेलाया र स्नेजहाना पनि थिए ।

सम्बन्धित समाचार