free website hit counter

मध्यराति गाउँलेले गरे प्रहरी टोलीमाथि हमला

beemaadmin
२०७७ बैशाख २७, शनिबार

चितवन । अपराध नियन्त्रणमा खटिएको प्रहरीलाई मध्यराति गाउँले नै खनिएपछि कस्तो अवस्था आउला ? अपराध नियन्त्रणमा खटिएका प्रहरीलाई गाउँले सहयोग गर्नुपर्ने बेलामा उल्टै आक्रमण गरेपछि अपराध मौलाउने अवस्था आउँदैन ? गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा मध्यराति आक्रमण भएको छ । प्रतिकारस्वरुप एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–१२ बाट ३४ किलो गाँजा बरामद गरेर फर्किरहेको बेला शुक्रबार राति करिब साढे ९ बजेतिर चौकीडाँडामा स्थानीयबासीले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यादवको अवस्था मध्यम छ । अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ र रत्ननगर नगरपालिकाको बा १२ च २७१ र नम्बरको गाडीमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको उनले बताए । आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चराम घलान र ३५ वर्षीय धनबहादुर घलान छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार