free website hit counter

मध्यराति घर बाहिर निस्केकी युवती बलात्कृत

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

जनकपुरधाम । मध्यराति पिसाव गर्न निस्किएकी युवतीलाई ढुकेर बसेका एक युवाले अपहरणको शैलीमा घरमै लगी बलात्कार गरेर फिर्ता ल्याइदिएकबा छन् । धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बलात्कृत भएकी हुन् ।

 

नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ । पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनको खोजतलास भएको थियो । तर राइनले ती युवतीलाई बिहान ३ बजेतिर घर छोड्न आएपछि घटना बाहिरिएको हो ।

युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार