free website hit counter

मध्यराति बैतडीमा बस दुर्घटना, ९ जनाको ज्यान जाँदा ३४ घाइते

beemaadmin
२०७७ कार्तिक २८, शुक्रबार

काठमाडौं । बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती दुर्घटनामा परेको हो।

सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतकहरुको सनाखत हुन बाँकी छ। मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले ९ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जानकारी दिए। घाइते सबैलाई उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ, उनले भने। गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

सम्बन्धित समाचार