free website hit counter

मध्यराति राजधानी छिरेका टोपबहादुर यसरी परे फन्दामा

beemaadmin
२०८० जेष्ठ १, सोमबार

काठमाडौं । भनिन्छ नबिराउनु, नडराउनु । तर जब टोपबहादुर डराएर फरार भए सबैले उनको अपराधको अडकल काटिसकेका छन् । फरार पूर्वमन्त्री एवम् सांसद टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ परेका छन्। ११ दिनअघि अर्घाखाँचीबाट बुटवल फर्किने क्रममा रायमाझी फरार भएका थिए। वैशाख २० गते पक्राउ पुर्जी जारी भएको सूचना बाहिरिएकै साँझ रायमाझी भागेका थिए। बुटवलबाट फरार भएका उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले बुढानिलकण्ठस्थित एक घरबाट पक्राउ गरेको हो। रायमाझीलाई प्रहरीले शनिबारदेखि नै ट्र्याक गरेको थियो। प्रहरी उच्च स्रोतले भन्यो, हामीले हिजैदेखि ट्रयाक गरेका थियौं। उहाँ पटक पटक बाटो परिवर्तन गर्दै मध्यराति काठमाडौं छिर्नु भएको थियो। आज दिनभर लगाएर पत्ता लगायौं। टोपबहादुरलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरले विशेष टोली परिचालन गरेका थिए। आईजीपी कुँवरलाई नै फोन गरेर आफैं उपस्थित हुने बताएका रायमाझी पक्राउ नपर्दा उनीमाथी दबाब बढेको थियो। आफैं उपस्थित हुने बताएका रायमाझी भागेपछि एमालेले पार्टीबाट निलम्बन गरिसकेको छ। रायमाझीले केहीदिन अघि मात्रै संसदमा बिरामी भएको पत्र पठाएका थिए। प्रहरीले उनको पत्र संसदमा लैजाने व्यक्तिको समेत खोजि गरेको थियो। संसदबाट सीसीटिभी फुटेज लगेर समेत अनुसन्धान गरेको थियो।

झुमिरहेका थिए टोपबहादुर
बुढानीलकण्ठस्थित अर्घाखाँचीकै एक कार्यकर्ताको घरमा उनी लुकेर बसेका अवस्थामा पक्राउ परेका टोपबहादुर रक्सी खाएर झुम्मिएको अवस्थामा फेला परेका थिए। स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ। उनले स्वास्थ्य जाँचका क्रममा डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिए। विशेष ब्यूरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट राति नै स्वास्थ्य जाँचका लागि कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो। परीक्षणपछि रायमाझीले आफूले एक गिलास मात्रै बियर खाएको जवाफ दिएका छन्। तर प्रहरीले भने उनी रक्सीमा झुम्म भएको अवस्थामा रहेको बतताएको छ।

सम्बन्धित समाचार