free website hit counter

मध्येराति प्रतिनिधिसभा विघटन, दुई चरणमा मध्यावधि निर्वाचन

beemaadmin
२०७८ जेष्ठ ८, शनिबार

काठमाडौं । विश्व महामारीले देश आक्रान्त छ, जनता चरा मरेझैं मरिरहेका छन् तर शासकहरुलाई सत्ताकै महामारीले सताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छन् । मध्यराति एक विज्ञप्ति जारी गर्दै मध्यरातमै बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा विघटनको घोषणा गरेकी हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम वर्तमान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसीर ३ गते ३ गते गर्ने घोषणा भएको राष्ट्रपति कार्यालयद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि संविधानको धारा ७६ को उपधारा ५ अनुसार, बहुमत सिद्ध गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि आह्वान भएकोमा प्रधानमन्त्री ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आआफूलाई प्रधानमन्त्री बनाइयोस् भनी दावी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले दुबैको दावीलाई मध्यराति नै खारेज गरेको विज्ञप्ति जारी गरेकी थिइन् । दुबै नेतालाई प्रधानमन्त्री बनाइयोस् भनी केही सांसदहरुले दुबैतिर हस्ताक्षर गरेको कुरा यसअघि विवादमा ल्याइएको थियो । राष्ट्रपति कार्यालयले सांसदहरुको हस्ताक्षर प्रमाणीकरण गरी वास्तविक हस्ताक्षर कुन नेताका लागि गरेको हो भन्ने बुझ्न सक्ने सम्भावना हुंदा हुंदै त्यसो नगरी दुबैको दावी खारेज गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार