free website hit counter

मनकामना केबुलकारको यस्तो आग्रह

beemaadmin
२०७७ श्रावण ३, शनिबार

काठमाडौं । कोरोना भाइरसले पारेको प्रभाब आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देश कै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ । केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसंग आग्रह गर्दै लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै, पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो । कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्र साथै धार्मिक क्षेत्र समेत खुलाउन तर्फ सरकारले चासो दिनुपर्ने जनाएको छ । लामो समय देखि यि प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापुर्वक यस्ता क्षेत्र संचालन हुनुपर्नेमा जोड दिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार