free website hit counter

मनपरी म्यासेज पठाउने हाकिमलाई यस्तो पो कारबाही

beemaadmin
२०७८ बैशाख ८, बुधबार

एजेन्सी । महिला हिंसाका रुप अनेक छन् । जहाँसुकै महिला हिंसाका घटना भइरहेका हामीले सुनेका छौं । कार्यालयमा कार्यरत महिला कर्मचारीलाई अनेक प्रकारले शोषण गर्ने नीच चरित्रका मानिस हाम्रो समाजमा मात्रै होइन विश्वभर जहाँसुकै भेटिन्छन् । चीनमा एक महिला कर्मचारी चर्चामा छिन् ।

यी महिलाले आफ्ना हाकिमलाई अफिसमै रामधुलाइ कुटेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । यी महिला कर्मचारीका अनुसार उनका हाकिमले उनलाई कैयौं दिनदेखि विभिन्न अश्लील म्यासेज पठाएर हैरान पारेका थिए । हाकिमको व्यवहारले हैरान भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले रामधुलाइ कुटेकी हुन् । घटना हेलोङजियाङ प्रान्तको भएको बताइएको छ । भिडियोमा यी महिलाले लगातार हाकिमलाई कुट्छिन् र ती हाकिम आफ्नो कुर्सीमै बसेर आफूलाई बचाउने प्रयास गरिरहन्छिन् ।

महिलाले हाकिमको मुखमा पानी फ्याँकिदिन्छिन् र त्यहाँ भएका किताबले पनि हाकिमको मुखमा हान्छिन् । द हिलमा प्रकाशित एक रिपोर्टअनुसार महिलाले आफूलाई हाकिमले ३ पटक अश्लील म्यासेज पठाएको बताएकी छिन् । उनका अनुसार ती हाकिम अफिसमा अरु कर्मचारीसँग पनि फ्लर्ट गर्थे । रिपोर्टका अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए । घटनापछि उनलाई बर्खास्त गरिएको छ । सिन्ह्वाको रिपोर्टअनुसार जाँचपछि ती व्यक्तिलाई दोषी पाइएको छ । उनी गैर अनुशासित व्यक्ति भएको र उनले आफ्ना सीमा बिर्सिने गरेको ठहर गर्दै यो घटनापछि उनलाई बर्खास्त गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार