free website hit counter

मनोरञ्जन कर नबुझाउने चलचित्र घरहरूलाई महानगरको चेतावनी

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । मनोरञ्जन शुल्कबापतको कर नबुझाएका चलचित्र भवनहरूलाई काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्मको सूचना दिएर सम्पर्कमा आउन सूचना जारी गरेको छ । महानगरभित्र ४२ वटा सिनेमा घर रहेकोमा आर्थिक वर्ष २०७५/०७६ मा ४ वटा हलले मात्र कर तिरेको महानगरले जनाएको छ । चारवटा हलले मनोरञ्जनबापतको शुल्क १९ लाख रुपैयाँ बुझाएको थाहा भएको छ । ‘प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरूले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन करबापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनुपर्छ । ऐनमा यस्तो व्यवस्था भए पनि चलचित्र घरहरूले भने पत्तै नपाएको जस्तो व्यवहार गरिरहेका छन् । महानगरको सूचनाको ख्याल नगर्ने तथा दर्शकहरूसँग असुलेको मनोरञ्जन करबापतको रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र घरहरूलाई नियमानुसार कारबाही हुने चेतावनी समेत महागतनरले दिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार