काठमाडौं । गणतन्त्र स्थापनापछि स्वास्थ्य संकटकाबीच अध्यादेशबाट पहिलो पटक बजेट घोषणा हुँदैछ । मन्त्रीपरिषदको बैठकले करिव १६ खर्ब रुपैयाँको बजेट पारित गरेको छ । सरकारले आउँदो आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले तयार पारेको बजेट आजको मन्त्रिपरिषदले पारित गरेको हो । सरकारले आजै अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कार्तिक २६ र मंसिर ३ गते निर्वाचनको घोषणा गरेका छन् । सरकारले उक्त चुनाबलाई लक्षित गरी बजेट ल्याउन लागेको हो । यसैगरी, कोरोना भाइरसको खोपलगायत स्वास्थ्य क्षेत्रको पूर्वाधारमा प्रयाप्त रकम बिनियोजन गर्ने गरी तयार पारिएको बजेट अर्थमन्त्रीले केही बेरमा नै सार्वजनिक गर्दैछन् ।