free website hit counter

मन्त्रीले गराए ५७६ जनाको कोरोना बीमा

beemaadmin
२०७७ मंसिर १०, बुधबार

काठमाडौं । आफूलाई कोरोना संक्रमण भएपछि बीमा बापत प्राप्त रकमबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो गृहजिल्ला ताप्लेजुङका गरिब, विपन्न, असहाय, मजदुर तथा विद्यार्थीको कोरोना बीमा गराइदिएका छन् ।

मन्त्री भट्टराईको सचिवालयले बिज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण हुँदा कोरोना बीमा बापत प्राप्त गरेको एक लाख रुपैयाँ जिल्लाका ३०० जना न्यून आय भएका मानिसहरुको पुनः कोरोना बीमाको लागि खर्च गरेको बताएको छ ।

Advertisement
Advertisement

मन्त्री भट्टराईको सचिवालयका अनुसार जिल्लाका एक हजार २७६ जनाको कोरोना बीमा खर्च मन्त्री हुँदा भत्ता र तलब बापत प्राप्त आम्दानीबाट गरिदिएका छन् । कोरोना बीमा बापत प्राप्त रकमबाट थप ३०० जनाको कोरोना बीमा गरेको समेत कूल एक हजार ५७६ जनाको कोरोना बीमा मन्त्री भट्टराई एक्लैले गरेका छन् ।

Advertisement
Advertisement

सम्बन्धित समाचार