free website hit counter

मन्त्रीसँग कुरा गर्ने भन्दै आन्दोलन रोकियो

beemaadmin
२०७६ मंसिर २२, आईतवार

धादिङ। सरकारी मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत आरुघाटवासीले केही दिनका लागि आन्दोलन स्थगित गरेका छन् । वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान खोज्न आन्दोलन स्थगित गरिएको बताइएको छ । जिल्ला मुआब्जा समितिले बुढीगण्डकी आयोजनाको बजार क्षेत्रमा पर्ने गोरखाको आरुघाट, आर्र्खेत र धादिङको विशालनगर र खहरे बजारको मुआब्जा निर्धारण गरेपछि स्थानीय वासिन्दा आन्दोलित भएका थिए । आन्दोलनकारीले आरुघाट बजार अनिश्चितकालीन बन्द गर्नुका साथै काठमाडौंको माइतीघरमा पनि प्रदर्शन गरेका थिए ।

केही समयका लागि आन्दोलन रोक्ने निर्णय सँगै आरुघाट बजार खुलेको छ । आरुघाट गाउँपालिकाको कार्यालयमा लगाइएको ताल्चा पनि खुलेको बताइन्छ । मुआब्जा पुनरावलोकनका लागि गृह मन्त्रालयमा निवेदन दिने निर्णय समेत गरिएको बताइन्छ । १५ दिनभित्र उजुरीको उचित किसिमले सम्बोधन नभए जग्गा फुकुवा गर्न माग गर्ने चेतावनी समेत दिएका छन् ।

ऊर्जामन्त्री सँग छलफल गर्नका लागि वार्ता समिति बनेको छ, समितिमा गोरखा र धादिङका वहालवाला तथा पूर्वमाननीयहरु, पूर्वमन्त्री, गोरखाको आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय समितिका सदस्यहरु, सम्बन्धित वडाका अध्यक्ष र सरोकार समितिका संयोजकहरु रहेका छन् । बुढीगण्डकी डुवानमा पर्ने आरुघाटलगायतका बजार क्षेत्रको प्रति आना ५० हजार देखि ७ लाखसम्म मुआब्जा तोकिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार