free website hit counter

मरासिनी भए सचिवमा बढुवा

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

काठमाडौं । बरिष्ठ सह सचिव मधु मरासिनीलाई सचिवमा बढूवा गरेको छ । सचिव बढूवा सिफारिस समितिले रिक्त रहेको एक सचिव पदका लागि तीन बरिष्ठ सह सचिवको नाम सिफारिस गरेकोमा मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई सचिवमा बढुवा गरेको हो ।

जसमध्ये मधु मरासिनी सचिव पदमा बढूवा भएका छन् । सचिव पदका लागि सहसचिवत्रय गोकर्णमणि दुवाडी, मधु मरासिनी र चन्द्रमान श्रेष्ठको नाम सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेको हो ।

सिफारिस भएकामध्ये दुवाडी यसअघि दुवै सिफारिसमा पहिलो नम्बरमा रहेका थिए । तर श्रेष्ठले भ्रष्ट्राचार सम्बन्धी मुद्दामा सफाइ पाएसँगै यस पटकको सचिव बढुवा सिफारिसमा दोस्रो नम्बरमा गोकर्ण परेका थिए तर मन्त्रिपरिषद्को बैठकले पहिलो र दोश्रो नम्बरमा सिफारिस भएका श्रेष्ठ र दुवाडीलाई सचिवमा बढूवा नगरी तेश्रोमा सिपारिस भएका मधु मरासिनीलाई सचिव पदमा बढूवा गर्ने निर्णय गरेको हो ।

यस अघि दुवाडीको नाम सिफारिस समितिले पहिलो नम्बरमा उनको नाम सिफारिस गरेको भए पनि यस अघि नै विष्णु नेपाल र मान बहादुर बिकलाई सचिवमा बढुवा गरिएको थियो ।

सम्बन्धित समाचार