free website hit counter

मर्चेन्ट बैंकरले आईपीओ निष्काशन गर्न पाउने

beemaadmin
२०८१ माघ २४, बिहीबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)हरुलाई आईपीओ निष्काशन गर्ने व्यवस्था गरेको छ। बोर्डले कम्तीमा १ अर्ब चुक्ता पूँजी भएका तथा नियमावली बमोजिम व्यवसाय सञ्चालन गरेको १० वर्ष पुरा गरिसकेका मर्चेन्ट बैंकरहरुलाई आईपीओ निष्काशन गर्ने व्यवस्था गरेको हो। यस्ता कम्पनीहरुले ३० प्रतिशतभन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, बोर्डले मर्चेन्ट बैंकरहरुलाई निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा पुनः सञ्चालन गर्ने व्यवसायको अनुमतिपत्र पनि दिने भएको छ। २०७५ साल साउन ८ गतेदेखि स्थगित रहेको सो कार्य पुनः सुचारु गरिने बोर्डले बताएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार