free website hit counter

मर्जरका लागि सरकार बाध्यकारी नबन्ने

beemaadmin
२०७६ भाद्र ३१, मंगलवार

काठमाडौं। सरसकारले बैंक तथा बित्तीय संस्थाहरुलाई बाध्यकारी रुपमा मर्जरमा लैजान लागेको भन्दै व्यवसायीले गुनासो गरिरहेका बेला सरकार बाध्यकारी मर्जरको विपक्षमा देखिएको छ ।

नेपाल बैंकर्स संघले राजधानीमा आयोजना गरेको बैंकिङ समिटमा बोल्दै अर्थमन्त्री खतिवडाले सरकार बाध्यकारी मर्जरको पक्षमा नरहेको र नेपालमा बाध्यकारी मर्जर गराउन संभवसमेत नरहेको स्पष्ट पारेका हुन् । नेपालमा बैकिङ क्षेत्रमा निजी क्षेत्रका लगानी ठूलो रहेका कारण पनि त्यस्तो बाध्यकारी हुन नसकिएको स्पष्ट पारेका हुन् ।

खतिवडाले चालु बर्षको बजेटमै बैंकहरुको संख्या घटाउने उल्लेख गरेका थिए । भने सरकारको आर्थिक नीतिमा पनि बित्तीय संस्थाहरुलाई क्रमशः मर्जरमा लैजाने नीति थियो । मौद्रिक नीतिपछि जारी भएका कतिपय निर्देशनहरुमा बैंकहरुलाई मर्जरमा जान बाध्य बनाउने ब्यवस्थाहरु पनि गरिएको थियो।

अर्थमन्त्रीले यसो भनिरहँदा बीमा कम्पनीहरुलाई पनि सहज अवस्था आइसकेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले पनि चुक्ता पुँजी नपुगेका कम्पनीहरुलाई मर्जरको दवाव दिएको थियो । तर अहिले हदप्रद शेयर निष्कासशनको अनुमतिले बीमा कम्पनीहरुको गर्जो पनि टर्ने भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार