free website hit counter

मर्जरको प्रस्ताव पारित गर्दै सानिमा जनरल

beemaadmin
२०७९ जेष्ठ ३०, सोमबार

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले असार १५ गतेका लागि विशेष साधारण सभाको मिति निर्धारण गरेको छ । कम्पनीको जेठ २९ गतेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण सभाको मिति तय गरेको हो । सभा धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही, काठमाडौंमा बिहान १० बजे हुने जनाएको छ । बीमा कम्पनीहरुले समितिले तोकिएको चुक्ता पूँजी पुर्याउनका लागि पूँजी वृद्धिका लागि धमाधम कम्पनीहरुले मर्जर सम्झौता गर्ने लहर चल्दै आएको छ । यसैबीच सानिमा जनरल इन्स्योरेन्सले पनि मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पारितका लागि विशेष साधारण सभा आह्वान गरेको हो ।
सभाले भविष्यमा कुनै कम्पनीसँग गाभ्ने गाभिते तथा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने, चल, अचल सम्पति, दायित्व मुल्याङकन गर्नका लागि मान्यता प्राप्त मुल्याङकनकर्ताको नियुक्ति गर्ने, निजको पारीश्रमिक तोक्ने लगायतका मर्जर सम्बन्ध प्रस्ताव पारित गर्नेछ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत प्रस्तावबाट अनुमोदन गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरू मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित समाचार