free website hit counter

मर्जर प्रस्ताव पारित गर्न बोलायो हिमालयन जनरलले विशेष साधारण सभा

beemaadmin
२०७९ जेष्ठ १६, सोमबार

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारण सभा असार २ गते हुने भएको छ । सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो । उक्त दिन बिहान ११ बजे एयरपोर्ट होटल काठमाडौँमा विशेष साधारण सभा गर्ने निर्णय भएको कम्पनी सचिव धु्रवप्रसाद न्यौपानेले जनाएका छन् । एभरेस्ट इन्स्योरेन्स कम्पनीमा मर्जरमा जान प्रारम्भिक सहमति पत्रका हस्ताक्षर भइसकेको अवस्थामा उक्त विशेष साधारण सभाले मर्जरको प्रस्ताव पारित गर्ने कम्पनी सचिव न्यौपानेले बताए । बैशाख २३ गते मर्जर प्रक्रिया शुरु भएदेखि नै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

सम्बन्धित समाचार