free website hit counter

मर्यादा गुमाउँदा विवादमा आस्था (विमानस्थलको सीसीटिभी फुटेजसहित)

beemaadmin
२०७६ माघ ३, शुक्रबार

काठमाडौं । ड्युटीमा बसेका कुनै पनि सुरक्षा कर्मी जो कोही व्यक्तिलाई चिन्नैपर्छ भन्ने अनिवार्य छैन । सुरक्षाका हिसावले सबैलाई चेकजाँच गर्नु सुरक्षाकर्मीको दायित्व हो । अनुहार हेरेर कोही पनि अपराधी हो होइन भन्न सकिँदैन । एउटा कलाकारले मैमत्त भएर एउटा संगठनमाथि त्यति धेरै अपशब्द बोल्नु आवश्यक थिएन । उनलाई सबैले चिन्नुपर्छ भन्ने अनिवार्य केही पनि छैन ।

त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा आएकी गायिका आस्था राउत विवादमा तानिएकी छन् । एउटा जिम्मेवार कलाकारले देशको सुरक्षा संयन्त्र सम्हाल्ने संस्थामाथि तथानाम गाली गर्नु गैर जिम्मेवार काम भएको भन्दै अहिले गायिका राउतमाथि नै सामाजिक सञ्जाल खनिन थालेको छ ।

राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् । त्रिभुवन विमानस्थलहुँदै झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै आस्थाले प्रहरीलाई अपशब्द प्रयोग गरेकी थिइन् । प्रहरीले आफूलाई चेकजाँचका क्रममा तँ भनेको आरोप लगाउँदै सिंगो संगठनमाथि उनी खनिएकी हुन् ।

यसैबीच, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले विमानस्थल जस्तो संवेदनशील स्थानमा पदीय हिसाबले कसैलाई पनि सुरक्षा अवज्ञाको सहुलियत नहुने बताउँदै पदीय वा सेलिब्रेटीको हिसाबले कसैलाई नछाडिने बताएका छन् । ड्यूटीमा बसेको प्रहरीको मनोबल गिराउने हर्कत कोहीबाट हुन्छ भने क्षमा योग्य हुँदैन र त्यही विषयसँग जोडेर सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने ढंगले गरेका गाली गलौजको पनि छुट हुँदैन, पोखरेलले बताए । छानविनबाट दोषी देखिनेले कानूनको सामना गर्नै पर्ने उनले बताए ।

यसैगरी, प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियाबारे अनुसन्धान सुरु भएको बताए । उनले भने, अरुलाई सामाजिक मर्यादा सिकाउने गायिकाको आफ्नै शब्द आपत्तिजनक छन् । केहीदिनभित्रै घटनाबारे प्रतिवेदन आएपछि के गर्ने भन्नेबारे सोच्नेछौं ।सामाजिक सञ्जालमा आस्थाको आलोचना भएपछि उनले फेसबुकमार्फत माफी मागेकी छन् ।

विमानस्थलमा भएको के हो हेर्नुहोस् वास्तविकता

https://www.youtube.com/watch?v=myPnQq9Gtyw

सम्बन्धित समाचार