free website hit counter

मलेसियामा नेपाली युवालाई सुनाइयो मृत्यदण्डको फैसला

beemaadmin
२०७७ भाद्र २२, सोमबार

काठमाडौं । हत्या अभियोगमा मलेसियाको जेलमा रहेका एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ । चार वर्षअघि एक लरी चालक नेपाली नागरिककै हत्या गरेको अभियोगमा ३६ वर्षीय नेपाली युवा सुरजदेव साह तेलीलाई उच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।

क्वालालम्पुरस्थित नेपाली दूतावास स्रोतका अनुसार उनलाई मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत गएको १७ अगष्टमा मृत्युदण्डको फैसला सुनाइएको थियो । उनलाई उच्च अदालतका न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले घटनामा दोषी ठहर्याउँदै मृत्युदण्डको सजाय सुनाएका हुन् । तेलीलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा ३४ वर्षीय हरिथास नाम गरेका नेपाली युवाको हत्या गरेको अभियोग लगाइएको थियो । नेपाली राजदूतावासका तर्फबाट भारतीय मुलकी अधिवक्ता करनजीत कौरले तेलीका तर्फबाट मुद्दा लडेकी थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार