free website hit counter

मलेसियामा नेपालीकाे हत्या, ३ नेपाली पक्राउ

beemaadmin
२०७७ श्रावण १५, बिहीबार

क्वालालम्पुर। नेपालीकै हत्याको अभियोगमा मलेसियामा ३ जना नेपाली पक्राउ परेका छन् । मलेसियाको कुलाइ जिल्लाको इन्दाहपुरामा मंगलबार बिहान एक नेपालीको हत्या भएको थियो । कुलाइ जिल्लाका प्रहरी प्रमुख टोक बेंग योका अनुसार पुलिसलाई एक व्यवसायिक प्रतिष्ठानको परिसरमा एक व्यक्ति अचेत अवस्थामा रहेको भन्दै मंगलबार बिहान ४ बजेर २० मिनेटमा फोन आएको थियो ।
घटनास्थलबाट पुलिसले हत्याको लागि हतियारको रुपमा प्रयोग गरिएको हुन सक्ने कुनै वस्तु फेला पारेको छैन । पीडित कुनै झगडामा सरिक भएको र झगडाकै क्रममा उनको मृत्यु भएको हुन सक्ने कुरालाई पुलिसले अस्वीकार गरिसकेको छैन । घटनास्थलमा आएको मेडिकल टिमले उनको मृत्यु भइसकेको पुष्टि गरेपछि शवलाई पोस्टमार्टमका लागि सुल्तानाह अमिनाह अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु पेटमा कडा वस्तुले हिर्काएका कारण भएको उल्लेख छ । पुलिसले अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा मंगलबारकै दिन साढे ११ देखि साढे १२ बजेको समयमा तीन जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको छ । मृतक र पक्राउ परेका नेपालीहरुको पहिचान खुलाइएको छैन । पक्राउ परेकाहरु २३ वर्षदेखि ३७ वर्ष उमेरका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार