free website hit counter

मलेसियामै २० लाखले रोजगारी गुमाउने

beemaadmin
२०७७ बैशाख २४, बुधबार

काठमाडौं । कोरोना संक्रमणले विश्व अर्थतन्त्रलाई तहसनहस पारिसेको छ । लाखौंको रोजगारी गुमिसकेको छ भने अझै रोजगारी गुमाउनेको संख्या थपिनेक्रममा छ । नेपाल वैदेशिक रोजगारीको रेमिट्यान्सबाट चलेको मुलुक । यस्ता मुलुकलाई कोरोनाको असर धेरै ठूलो पर्ने निश्चित छ । तर सरकारले त्यसको सामना गर्ने गरी अघि बढ्ने प्रयास खासै गरेको देखिएको छैन । बजेटको तयारीमा रहेका बेला यस्ता रोजागरी गुमाउने युवाहरुका लागि कार्यक्रम समावेश गरियो भने फेरि यो नेपालका लागि अवसर पनि हुनसक्छ । कोरोना भाइरसको महामारीबाट लाखौं नेपाली युवाले रोजगारी पाइरहेको मलेसिया निकै प्रभावित बन्न सक्ने देखिएको छ । महामारीको कारण देखिएको गिरावटले मलेसियाका उत्पादनमूलक क्षेत्रका कम्पनीले ३० प्रतिशत कर्मचारी कटौती गर्न सक्ने एक सर्वेक्षणले देखाएको छ । मलेसियन एप्लोयर्स फेडेरेसन (एमईएफ) ले गरेको सर्वेक्षणले ८० प्रतिशत कम्पनीले कर्मचारी कटौती गर्न सक्ने बताएको हो । सर्वेक्षणले कम्पनीहरुलाई कर्मचारी कटौती नगर्न सरकारले दिएको राहत पर्याप्त नरहेको देखाएको हो । एमईएफका अनुसार मुलुकमा लगाइएको लकडाउनको कारण साना व्यवसायहरु नयाँ कर्मचारी भित्र्याउन नसक्ने अवस्थामा पुगेका छन् भने आफ्ना कर्मचारी पनि घटाउने अवस्थामा पुगेका छन् ।
यद्यपि विशेषज्ञहरुले भने मलेसियाको अर्थतन्त्र केही समयमा सुधार हुने आशा व्यक्त गरेका छन् । अर्थतन्त्र सुधार आएसँगै मलेसियाका व्यवसायहरु पनि पहिलाकै अवस्थामा फर्किन सक्ने उनीहरुको भनाइ छ । मलेसियाको अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । यो क्षेत्रले मुलुकको अर्थतन्त्रको २० प्रतिशत हिस्सा ओगटेको छ । साथै यो क्षेत्रमा २० लाखभन्दा धेरै मानिसले काम गरिरहेका छन् । यसैबीच मलेसियन इस्टिच्युट अफ इकोनोमिक रिसर्चले कोरोना भाइरसको महामारीको कारण करिब २० लाख मानिसले आफ्नो रोजगारी गुमाउने आकलन गरेको छ । जसमध्ये ६० प्रतिशत कम दक्षता भएका कर्मचारीहरु रहनेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार