free website hit counter

महर्जनले सम्हाले नेपाल इन्स्योरेन्सको सीईओ

beemaadmin
२०७९ जेष्ठ १९, बिहीबार

काठमाडौं । नेपालमा बीमा क्षेत्रको इतिहास बोकेको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । जेठ १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो । हाल इन्स्योरेन्समा कामु सीईओको कार्यभार सम्हालेका महर्जनले अब जेठ १८ गतेदेखि सीईओको कार्यभार सम्हाल्ने छन् । त्यस्तै, करार सेवामा नियुक्त भएका सीईओ महर्जनले अब आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईआको जिम्मेवारी सम्हाल्ने छन् । महर्जन नेपाल बीमा संघका पूर्व उपाध्यक्ष समेत हुन् ।
बीमा क्षेत्रमा २४ वर्षभन्दा बढी अनुभव भएका महर्जनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् । उनी कानूनको स्नातक हुन् । उनले मुम्बईको इन्सुरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गरेका छन् । उनले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गरेका हुन् । नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १४ वर्ष सीईओको रूपमा सेवा गरेका थिए । उनी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड ९एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा गाभिएको०, नेपाल केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त (घ) वर्गको बैंकिङ संस्थाको सञ्चालक समेत पनि थिए । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको निर्देशक थिए ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार