free website hit counter

महामारी मुक्त हुन यस्ताे रणनीति अपनाऔं

beemaadmin
२०७७ बैशाख ६, शनिबार

कुनै पनि रोग उत्त्पत्ति देखि निवारण सम्म एकै रणनीतिले काम गर्दैन। त्यसमा पनि संक्रामक रोगको महामारी भै सकेपछि समाजमा त्यसले परेका असर हरुको अध्ययन नगरी कोरा नियन्त्रणमा लागियो भने रोगले भन्दा सामाजिक समस्याले जनतालाई आक्रान्त बनाउछ र रोग केहि होइन, मरे मरिन्छ भन्ने भावना विकास गराउछ।

सरुवा रोग फैलने तरिकामा व्यापक परिवर्तन आएको छ।अन्तराष्ट्रिय स्तरमा व्यापक ओहोर दोहोर हुने कारणले पहिला जस्तो सरुवा रोग कुनै स्थानमा मात्र सिमित रहदैन, तत्कालै एक ध्रुव बाट अर्को ध्रुव पुग्न सक्षम हुन्छ ।यसरी संसारका व्यक्ति एक आपसमा जोडीदा संक्रमण सजिलै महामारी बन्न सक्छ।विश्वका अति सम्पन्न देशहरु जहाँ सरुवा रोगका महामारी छैनन ती देश बढी आक्रान्त हुदैछन।महामारी नियन्त्रण कहिले पनि स्वास्थ्यकर्मी र चिकित्सकहरु बाट मात्र सम्भव हुदैन ।

यसको लागि पहिलो शर्त हो राजनीतिक प्रतिबद्दता र जनसहभागिता जसको लागि सामाजिक, आर्थिक, राजनीतिक, जनस्वास्थ्य, चिकित्सा, आयुर्वेद, मनोवैज्ञानिक, माइक्रोबाईलोजी, बायोटेक्नोलोजी, प्यारासाइटोलोजी, फार्मेसी, वैकल्पिक चिकित्सा, सुरक्षा, परराष्ट्र, कृषि, आपूर्ति, उद्योग, वाणिज्य, साहित्य, कला, पत्रकारिता आदि विभिन्न विधाका विज्ञहरु संग एउटा क्तचगअतगचभम प्रस्नावली भित्र रही गम्भिर छलफल गरेर अन्तरिम नीति जारि गर्नु पर्ने हुन्छ र सबै बाट कार्यान्वयनको प्रतिवद्दता जारि गराउनु पर्दछ ।सबैले आफ्नो तथ्यपरक तर्क राखी सके पछि सबैको भावना समेटेर रोग नियन्त्रण नीति जारि गरिनु पर्छ।

यसले गर्दा सरकारको कदमको समालोचना र सुझाव आउन थाल्छन । सुझाव संकलन र विश्लेषणको लागि एउटा माथि उल्लेखित विज्ञ हरुको समिति बनाउनु पर्छ, जसको काम सूचना विश्लेषण होस।विश्लेषण भएको सूचनालाई आधारगरि रणनीतिहरु पुनरावलोकन गर्ने। यो अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको साथमा स्वत जनता सहयोगीको रुपमा आउछन।अहिले जस्तो हतार र हतासमा काम गर्नु पर्ने छैन।यसको लागि सर्व पक्षीय हस्ताक्षर सहितको एउटा आचार संहिता जारि गरिनु पर्दछ।

नेपाल, भारत, चिन जस्ता धेरै देशमा स्वास्थ्यका अन्य विधा जस्तै आयुर्वेद, योग, ध्यान, होमियोप्याथि, प्राकृतिक चिकित्सा, आम्ची जस्ता विधाहरुमा ठुलो जनसंख्याले गहिरो गरि विश्वास गर्छन र ती विधाका स्वास्थ्यकर्मी हरुले दिएका जानकारीहरुलाई पालना गर्छन। अहिलेको महामारीमा पनि अत्यधिक जनसमुदायले आयुर्वेदमा आधारित जडिबुटीको उपयोग गरि आफु सुरक्षित भएका छन, जसले गर्दा रोग लागे पनि घरमै निको भएका प्रमाण देखिएका छन र अस्पतालका रोगी पनि जटिल अवस्थामा पुगेका छैनन।

त्यसैले त्यस्ता विधाका चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गरि जनचेतना र उपचार बढाउनु दोश्रो शर्त हो। महामारी नियन्त्रणमा लाग्दै गर्दा गास, बास र कपास, शिक्षा, स्वास्थ्य आदिका अन्य सामाजिक मुद्दा लाई नजर अन्दाज गरियो भने हाम्रो सम्पूर्ण प्रयास बालुवामा पानी हाले सरह हुनेछ।त्यसैले यी मुद्दाहरुलाई समेत सम्बोधन गर्दै जानु पर्दछ।

(आयुर्वेदिक चिकित्सक संघका अध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार